back
stc
prabhu insurance

बैदेशिक रोजगारीमा रहेका नेपालीलाई ‘सिआरएन’ नम्बर लिन आग्रह

काठमाडौं । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन हुने  आईपिओमा  आवेदन  दिंदा आवश्यक पर्ने सिआरएन नम्बर लिन आग्रह गरेको छ ।

सम्पूर्ण सि(आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थालाई सि(आश्वा प्रणालीमा आफ्ना ग्राहकको विप्रेषण (रेमिट्यान्स) बचत खाता तथा सो को लागि प्रदान गरिने सिआरएन नम्बर प्रविष्टि गर्ने व्यवस्था गरि सकिएकोले सिडीएसले सिआरएन नम्बर लिन आग्रह गरेको हो।

सिडीएससीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याईएको शेयरको खरिद आवेदनका दिनका लागि विप्रेषण (रेमिट्यान्स) बचत खाता उल्लेख गरि दर्ता गरिएको सिआरएन नम्बर अनिवार्य रहेकाले यथाशीघ्र आफ्नो खाता रहेको बैंकमा सम्पर्क राखी सिआरएन नम्बर लिन आग्रह गरेको हो ।

यसरी सिआरएन नम्बर प्राप्त गरिसकेको योग्य आवेदकले आरक्षित शेयर निष्कासनका क्रममा मेरो शेयर मार्फत नै खरिद आवेदन दिन सक्ने छ।

धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा संगठित संस्था द्वारा निष्कासित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँट गर्नुपर्ने व्यवस्था गर्दै नेपाल धितोपत्र बोर्ड द्वारा जारी “धितोपत्र निष्कासन तथा बाँडफाँट (छैठौं संशोधन) निर्देशिका, २०७९” मिति २०७९।०७।१७ गते देखि लागू भइसकेको छ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि निष्काशन भएको धितोपत्र खरिद आवेदन दिन चाहने सम्पूर्ण नेपाली नागरिकले बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत आफ्नो विप्रेषण(रेमिट्यान्स) बचत खाता खोली सि(आश्वा रजिष्ट्रेशन नम्बर(CRN) लिन सकिने छ।