back
stc
prabhu insurance
nabil

अन्तराष्ट्रिय महिला दिवसमा आइएमई अटोमोटिभ्सको “महिला सशक्तिकरण अभियान”

काठमाडौँ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आइएमई अटोमोटिभले महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गरेको छ ।

यस अभियान अन्र्तगत सैद्धान्तिक एवम् व्यावहारिक ज्ञान सहितको निःशुल्क तालिम प्रदान गरिनेछ ।

उक्त तालिम मार्फत महिलाहरूलाई ब्याकहोलोडर चलाउने सीप हासिल गर्न, सवारी साधनको इजाजतपत्र प्राप्त गर्न मद्दत गर्न साथै सम्बन्धित क्षेत्रमा सुरक्षित रोजगारीका अवसरहरू खोज्न मद्दत गर्ने उद्देश्य कम्पनीले लिइएको छ ।

यस्ता अभियानहरुले महिला सशक्तिकरणमा जोड दिदै परम्परागत मान्यतामा परिवर्तन आउने कम्पनीले विश्वास लिइएको छ ।

आइएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, “निर्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने हाम्रो विश्वास छ ।“

“यो निःशुल्क तालिम प्रदान गरेर, हामी महिलाहरूलाई सशक्तिकरण गर्ने र उनीहरूलाई सफल हुन आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराउने आशा गर्छौं ।“

यो अभियान सबै पृष्ठभूमि र उमेरका महिलाहरूका लागि खुला हुनेछ । तालिमको अन्त्यमा, सहभागीहरूले पूर्णताको प्रमाणपत्र प्राप्त गर्नेछ, जसलाई सम्भावित रोजगारदाताहरूलाई आफ्नो नयाँ प्राप्त सीपहरू प्रदर्शन गर्न प्रयोग गर्न सकिनेछ ।