back
stc
prabhu insurance

लाभांश घोषणापछि नबिल इक्विटी र ब्यालेन्स्ड फन्डको इकाई कारोबार किन रोकियो ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड–२ को इकाई कारोबार रोक्का गरेको छ ।

यी दुवै फन्डको व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङले लाभांश सम्बन्धी निर्णयको जानकारी गराउन विलम्ब गरेपछि कारोबार रोक्का गरिएको नेप्सेको भनाई छ । नियम अनुसार मूल्य सम्वेदनशील सूचना तत्काल नेप्सेलाई जानकारी गराउनुपर्ने हुन्छ ।

तर नबिलले भने मंगलबार बिहान १० बजे लाभांश सम्बन्धी निर्णय गरेपनि नेप्सेलाई भने बुधबार मात्र जानकारी गराएको थियो ।

नबिल इन्भेष्टमेन्टको मंगलबार बसेको सञ्चालक समिति बैठकले नबिल इक्विटी फन्डका इकाईधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ५५ नगद लाभांश ९प्रतिफल० दिने निर्णय गरेको हो ।

यस्तै, नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाईधनीहरुलाई पनि करसहित ७५ नगद दिने निर्णय भएको क्यापिटलले जानकारी गराएको छ ।

यता, नगद लाभांश वितरण प्रयोजनका लागि नबिल इन्भेष्टमेन्टले बुक क्लोज मिति पनि तय गरेको छ । दुवै फन्डको बुक क्लोज मिति कात्तिक १८ गते तोकिएको छ ।

तसर्थ, कात्तिक १७ गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित नगद प्रतिफल पाउन सक्नेछन् ।