back
stc
prabhu insurance

एनआइबीएल एस क्यापिटलको लाभांश घोषणा

काठमाडौं । एनआइबीएल एस क्यापिटलले २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

जसअनुसार कम्पनीले लाभांश प्रयोजनका लागि २७ करोड रुपैयाँ वितरण गर्ने भएको छ । क्यापिटलको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण हुनेछ ।

क्यापिटलले लाभांश पारित गर्न कात्तिक १८ गते दशौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा क्यापिटलको सभाहल लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ ।

सभाले अन्य मर्चेन्ट बैंक एक आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।