back
stc
prabhu insurance

पुस ७ गतेदेखि एनआइबीएल एस क्यापटिलले एनआइबीएल ग्रोथ फन्ड निष्कासन गर्ने

काठमाडौं । एनआइबीएल एस क्यापटिलले पुस ७ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ । क्यापिटलले एनआइबीएल ग्रोथ फन्डको कुल १६ करोड इकाई निष्कासन गर्न लागेको हो ।

जसमध्ये ३ करोड ४ लाख इकाई वा कुल बिक्री भएको इकाईको १९ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरिएको छ ।

त्यस्तै, १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटललाई छुट्टाएको छ ।

बाँकी १२ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

यसमा पुस १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा पुस १२ गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।