back
stc
prabhu insurance

डिम्याट खाता नवीकरणका लागि आउन थाल्यो ‘अलर्ट नोटिस’, कति तिर्नुपर्छ शुल्क ?

काठमाडौं । विभिन्न बैंक, क्यापिटल, मर्चेन्ट बैंक लगायत डीपी सेवा उपलब्ध गराउदै आएका कम्पनीहरुले डिम्याट खाता नवीकरण गर्न अनुरोध गरेका छन् । विभिन्न संस्थाहरुले सूचना जारी गर्दै डिम्याट होल्डरहरुलाई खाता नवीकरण गर्न अनुरोध गरेका हुन् ।

हितग्राही खाता आर्थिक वर्ष समाप्त भएसँगै नवीकरण गर्नुपर्ने हुन्छ । त्यसैले, खाता एक्टिभ राख्न डिम्याट होल्डरहरुले असार मसान्तभित्र रिन्यू गरिसक्नु पर्ने हुन्छ । अन्यथा, खाता फ्रिज हुने गर्छ ।

डिम्याटको भेलिडिटी (बैधता) आर्थिक वर्षसँगै समाप्त हुने गर्छ । यदि कसैले जेठ महिनामा खाता खोलेको छ भने पनि त्यसको भेलिडिटी असार मसान्तसम्म मात्र रहन्छ ।

नयाँ आर्थिक वर्ष लागेसँगै डिम्याट पनि नवीकरण गर्नुपर्ने हुन्छ । तर, मेरो सेयर भने खाता खोलेको समयदेखि १ वर्षमा नवीकरण गर्दा हुन्छ ।

हितग्राही खाताको नवीकरण शुल्क १०० रुपैयाँ रहेको छ । त्यसैगरी, मेरो सेयरको उक्त शुल्क ५० रुपैयाँ पर्न जान्छ ।

डिम्याट होल्डरहरुले आफूले खाता खोलेको बैंक, ब्रोकर, मर्चेन्ट बैंक वा क्यापिटलमा गएर नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी, विभिन्न वालेटबाट पनि उक्त सेवा शुल्क तिर्न सकिन्छ ।

सीडीएस एन्ड क्लियरिङको पछिल्लो तथ्यांक अनुसार हालसम्म ६२ लाख ८६ हजार भन्दा धेरै डिम्याट खातामा सञ्चालनमा रहेका छन् ।

त्यसैगरी, ५३ लाख ३७ हजार भन्दाधेरैको मेरो खाता रहेको छ । तथ्यांक अनुसार १०९ वटा संस्थाहरुले डीपी सेवा उपलब्ध गराउदै आएका छन् ।