back
stc
prabhu insurance
nabil

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले माग्यो स्टाफ नर्सका लागि आवेदन

काठमाडौँ । काठमाडौँको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले स्टाफ नर्समा करार दरबन्दी पूर्तिको लागि आवेदन आव्हान गरेको छ ।

सेन्टरले २० जना स्टाफ नर्सको लागि योग्यता पुगेका इच्छुक नागरिकले चैत्र २४ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । संस्थानको वेबसाइटमा गएर आवेदन दिन सकिने र आवेदन दस्तुर एक हजार पाँच सय लाग्ने सूचनामा उल्लेख छ ।