back
stc
prabhu insurance
nabil

दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढाए

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा भोलि बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरेको हो ।

प्रतिलिटर ११ रुपैयाँले बढे सँगै अव ८६ रुपैयाँबाट ९७ रुपैयाँ कायम भएको छ । सरकारले किसानका लागि बढाएको मूल्य पनि आजैदेखि लागु भएको हो ।

हाल संस्थानमा स्ट्याण्डर्ड दूध प्रति ५ सय एमएल ४३ रुपैयाँ, फूल क्रिम प्रतिप्याकेट ५७ र गाईको दूधको मूल्य ५१ रुपैयाँ रहेको छ । यस्तै लो फ्याट चिया दूधको मूल्य ४० रुपैयाँ छ । अव प्रति प्याकेट साढे ५ रुपैयाँ वृद्धि हुने छ ।

सरकारले आजदेखि लागु हुने गरी किसानका लागि ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पुर्‍याएको थियो । त्यसको एक सातापछि २५ फागुनमा निजी क्षेत्रका डेरी उद्योगहरुले दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि गरेका थिए ।