back
stc
prabhu insurance
nabil

चैत ६ गते प्रधानमन्त्री दाहालले  विश्वासको मत लिने

काठमाडौं । यही चैत ६ गते   प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने हुनुभएका छ ।शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्री दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गर्नुभएको थियो ।

दलहरुसँगको परामर्शमै विश्वासको मत लिने मिति तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताउँदै आउनुभएको छ ।