back
stc
prabhu insurance
nabil

आज पनि सत्ता गठबन्धन दलको बैठक बस्दै

सत्ता गठबन्धन दलको बैठक आज पनि बस्दैकाठमाडौं । सत्तारुढ दश दलीय गठबन्धनको बैठक बिहीबार पनि बस्ने भएको छ ।

शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि सहमति गर्न बसेको गठबन्धनको बालुवाटारमा बुधबार साँझ बसेको बैठक निष्कर्षमा पुग्न सकेन । बैठक बिहीबार पुनः बस्नेगरी बिनानिष्कर्ष टुंगिएको हो ।

सत्ता गठबन्धनबाट दुई जना उम्मेदवार रहेका छन् । जनता समाजवादी पार्टी ९जसपा० का रामसहाय यादव र जनमत पार्टीकी मतता झा मध्ये कसलाई मतदान गर्ने भन्ने विषयमा सत्ता गठबन्धन विभाजित भएको हो ।

नेताहरूले जसपाका यादवलाई साझा उम्मेदवार बनाउन जोड दिए पनि जनमत पार्टीले आफ्नो अडान कायमै राख्दा सहमति जुट्न नसकेको हो ।