back
stc
prabhu insurance
nabil

राजनीतिक उतार चढाव: अब कांग्रेस सत्तापक्ष, एमाले प्रतिपक्ष

काठमाडौं । हालसम्म संसद्को प्रतिपक्ष बेन्चमा बस्दै आएको नेपाली कांग्रेसले आइतबारको संसद् बैठकमा सत्तापक्ष कित्तामा बसेर एमालेलाई प्रतिपक्षी बेन्च खाली गर्ने भएको छ ।

सत्ता सहयात्रामा दुई महिना मात्रै सँगै रहेको एमाले–माओवादीसहितको सात दलीय गठबन्धन भत्किएर कांग्रेससहितको आठ दलीय नयाँ गठबन्धन कांग्रेस सत्तापक्षमा बस्ने भएको हो ।

सत्ता गठबन्धनमा सामेल भए पनि सरकारमा सहभागी नभएको भन्दै प्रतिपक्षी बेन्चमै बस्दै आएको कांग्रेसले आइतबार बस्ने संसद् बैठकलाई सहजरूपमा सञ्चालन गराउन भूमिका खेल्ने बताएको छ ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेसले पहिला पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासका मत दिएको र फेरि पनि मत दिने अवस्थामा रहेको बताउनुभयो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।