back
stc
prabhu insurance
nabil

उपराष्ट्रपति रामसहाय प्रसाद यादवबाट पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गाउनुभयो।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति थियो ।

यादव यही चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।

उपराष्ट्रपतिमा यादवको शपथग्रहणसंगै निवर्तमान उपराष्ट्रपति नन्दवहादुर पुनलाई राष्ट्रपति भवनमै आयोजित विशेष समारोहमा विदाई गरियो ।

त्यसवखत उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपहार प्रदान गर्नुभयो ।

पुनले दुइ कार्यकाल गरी करिव ७ वर्ष ५ महिना उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु भयो । पहिलो पटक २०७२ कार्तिक १४ गते नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनु भएको थियो ।