काठमाडौं । असार महिनाको पहिलो दिन अर्थात् बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, मंगलबार छापावाल सुन तोलाको ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो ।
यता, बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित समय ११:४७ बजे