back
stc
prabhu insurance

सामाजिक सुरक्षा कोष बिरुद्ध देशब्यापी रुपमा बैंकका कर्मचारीहरुले आन्दोलन थाले

काठमाडौं । सामाजिक सुरक्षा कोष बिरुद्ध देशब्यापी रुपमा आन्दोलनमा रहेका बैंकका कर्मचारीहरुले मुख्य सडक मै आएर आन्दोलन थालेका छन् ।

यस अघि कार्यालयमा कालो पट्टी बाधेर तथा कार्यालय परिसर मै र्याली गरेका बैंकका कर्मचारीहरुले मुख्य सडक मै आएर आन्दोलन थालेका हुन् ।

आफुहरुले अगाडी सारेको १५ बुंदे मागलाई बेवास्ता गर्दै पेलेर अगाडी बढेकाले सामाजिक सुरक्षा बिरुद्ध सडकमा उत्रिएको आन्दोलित बैंकका कर्मचारीहरुले जनाएका छन् ।

बैंकका कर्मचारीहरुले आफ्नो केन्द्रिय कार्यलयदेखि दरबार मार्गसम्म सडक र्याली गरेर सामाजिक सुरक्षा कोष बिरुद्धको आन्दोलनको स्वरूप बदलेका हुन्।

माछापुच्छ्रे बैंक, कुमारी बैक, सिद्दार्थ बैंक,  बैंक अफ काठमाण्डू, नेपाल बंगालदेश बैंक लगायतका बैंकका कर्मचारीहरुले आफ्नो केन्द्रिय कार्यालयदेखि दरबारमार्गसम्म सडक र्याली गरेका हुन्।