back
prabhu insurance
himalayanlife

गायक लोक पौडेलको ‘बेरुवाको औंठी’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । अमेरिकाको ओहायो निवासी गायक लोक पौडेल र गायिका मेलिना राईको युगल गायनमा आधारित प्रेमिल शैलीको ‘बेरुवाको औंठी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

लोक फ्लेवरको गीतमा दिपक शर्माको शब्द, संगीत रहेको छ। नरेन्द्र वियोगीले गीतलाई संगीत संयोजन गरेका हुन्। गायन संगै अभिनय मार्फत दर्शक सोर्ताको मन जित्त्दै आएका गायक प्रकाश सपुत र चर्चित नायिका आँचल शर्माको वेजोड अभिनय भिडियोमा देख्न सकिन्छ।

अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा पुजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी रहेको छ।

बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो। मिरा मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।