back
prabhu insurance
himalayanlife

 ग्राहकलाई अनिवार्य केवाइसी अद्यावधिक गर्न माछापुच्छ्रे बैंकद्धारा आग्रह

काठमाडौं । आफ्ना सम्पूर्ण ग्राहकहरुलाई ग्राहक पहिचान विवरण केवाइसी अनिवार्य रुपमा अद्यावधिक गर्न माछापुच्छ्रे बैंकले आग्रह गरेको छ । बैंकले विभिन्न मितिमा यसबारे सार्वजनिक सूचना प्रकाशित गरिएकोमा केही ग्राहकले हालसम्म अद्यावधिक नगरेकोले आफ्नो खाता रहेको शाखा वा आफुलाई पायक पर्ने शाखामा यथाशिघ्र सम्पर्क राखी तोकिएको फारम भरी ग्राहक पहिचान विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा नियमावली तथा नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिकाले बमोजिम सबै ग्राहकले ग्राहक पहिचान विवरण अनिवार्य रुपमा अद्यावधिक गर्नु पर्ने ब्यबस्था गरेकोले बैंकले सबै ग्राहकलाई यस्तो आग्रह गरेको हो ।

त्यस्तै बैंकले दोहोरो खाता बन्द गर्न र एक भन्दा बढी डेविट कार्ड भए एउटालाई रद्द गराउन समेत आग्रह गरेको छ । अन्यथा त्यस किसिमका खाता तथा डेविट कार्ड स्वतः निष्कृय भई रोक्का राखिने बैंकले सोही सुचनामा उल्लेख गरेको छ ।