back
stc
prabhu insurance

नेप्लीज फेसन होमले आयोजना गर्दै आएको मिस लिटिल नेवा नेपाल ११४१ मा सहभागीहरुले  प्रतिभा प्रदर्शन

काठमाडौं । नेवार किशोरीहरुको आत्मविश्वास बृद्धी तथा नेवारी कला, संस्कार, भाषा तथा संस्कृतिका बारेमा ज्ञान दिलाउँदैं पुस्ता हस्तानतरण गर्ने उद्येश्यका साथ नेप्लीज फेसन होमले वर्षेनी आयोजना गर्दै आएको मिस लिटिल नेवा नेपाल ११४१ मा सहभागीहरुले राजधानीमा शनिवार आयोजित ट्यालेन्ट शो कार्यक्रमका बीच आपूmमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन् ।

सहभागीहरुले आगामी कात्तिक २७ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने १४औं संस्करणको मिस लिटिल नेवा नेपाल ११४१ का लागि शनिवार नाचघरमै आयोजित कार्यक्रमका बीच आ–आप्mना प्रतिभा प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा सहभागीहरुले वाक कला, गीत गायन, नृत्य, अभिनय, चित्रकला लगायतका प्रतिभा प्रदर्शन गरी निर्णायक, अभिभावक तथा दर्शकको मन जित्ने प्रयास गरेका थिए ।

मिस नेवा: ११४१ कृषा महर्जनको प्रमूख आतिथ्यता तथा आयोजक नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा सम्पन्न ट्यालेन्ट शोमा वल्र्ड क्योकुसिन काई कराँते फेडरेशनका उपाध्यक्ष अशोककुमार श्रेष्ठ, लायन्स अन्तराष्टिय डिष्ट्रिक ३२५ बी १ नेपालका भाइस डिष्ट्रिक गर्भनर मणी श्रीरत्न बज्राचार्य, लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बी १ नेपालका क्षेत्रीय सभापति इन्द्ररत्न बज्राचार्य, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित, प्रा.डा. हरिदर्शन श्रेष्ठ, मिस नेवाः नेपाल ११४१ की उपविजेता संगीता महर्जन, गायक तथा संगीतकार कन्हैया सिंह परियार निर्णायक रहेका थिए ।

१४औं मिस लिटिल नेवा नेपाल ११४१ को अन्तिम स्पर्धामा नयना शाक्य, आर्यो श्रेष्ठ, टीसा तण्डुकार, कृष्टीना महर्जन, सफलता श्रेष्ठ, सनिष्मा महर्जन, वितिशा कंसाकार, सिम्रिक श्रेष्ठ, एन्जिला महर्जन, इभानजलिना महर्जन, रिकिस्ना डंगोल, सलिष्का महर्जन, प्रकृति महर्जन, प्रनिधि मानन्धर, सिचु मानन्धर, सफलता श्रेष्ठ, सान्भी श्रेष्ठ, सारिका श्रेष्ठ, आर्या खोपे श्रेष्ठ, केभिया श्रेष्ठ, दिमी श्रेष्ठ र युनिका बादे रहेका छन्। प्रतियोगिता मिस नेवाः कि फस्ट रनर्सअप प्रियंका तण्डुकार, बेस्ट पर्सनालिटी पलपसा श्रेष्ठ र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफीमा हुनेछ ।

त्यसै गरी मिस नेवाः सुनिता डंगोल र नीतु डंगोलले नेवारी भाषाको प्रशिक्षण दिईरहेका छन् भने विभिन्न विधाका विज्ञहरुले अन्य विषयमा प्रशिक्षण दिई रहेका छन् ।

आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार बालिका तथा किशोरीहरुको आत्मविश्वास बृद्धी, प्रतिभा प्रदर्शन, कला संस्कृति, भाषा र संस्कार सिकाउनका लागि यो प्रतिभा आयोजना गरिएके बताइन्। किशोरीहरुले यी विषय सिके आफनो घरका साथै अर्कोको घरमा पनि गएपछि सिकाउने उनको भनाई थियो।