back
stc
prabhu insurance

 कात्तिक १६ गते कुमारी बैंकको २१ औं वार्षिक साधारण

काठमाडौं । कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश अनुमोदन गर्न मंगलबार कात्तिक १६ गते २१ औं वार्षिक साधारण सभा डाकेको छ ।

सभा बैंकको रजिष्टर्ड कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक ८ गते सोमबार बुक क्लोज गरेको छ । कात्तिक ७ गते आइतबारसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् ।

कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।

सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।