back
stc
prabhu insurance

तिहारमा विद्युतको अभाव नहुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी कात्तिक १८ गते परेको लक्ष्मी पूजाका दिनमा १५ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण गरेको छ । पत्रकार सम्मेलन गर्दै प्राधिकरणले मागअनुसार विद्युत् दिन कुनै समस्या नरहेको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भदौमा प्रणालीमा १६२० मेगावाटसम्म माग आएको भन्दै तिहारमा प्रणालीमा आउने माग धान्न कुनै समस्या नपर्ने बताएका छन । उनले भने–’अहिले पनि हाम्रो आन्तरिक उत्पादन दिनमा २ सय मेगावाट र रातिमा ५ सय मेगावाटसम्म मागभन्दा बढी छ,त्यसैकारण जति विद्युतको माग आएपनि हामी तिहारमा उपभोक्तालाई बिजुली दिन्छौं ।

ग्राहकहरूले ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु प्रयोग गर्न आग्रह गर्दछु ।’ सो दिनमा प्रायः उद्योगहरु बन्द हुने भएकाले घरायसी र व्यापारिक माग मात्रै हुन्छ । यही कारण प्रणालीमा सो दिनमा पनि ‘पिक डिमान्ड’ले रेकर्ड नराख्ने प्राधिकरणको प्रक्षेपण रहेको छ ।

बाहिर प्राधिकरणले सो दिनमा माग अनुसार बिजुली आपूर्ति गर्न सक्दैन कि भन्ने आंशका गरेको छ । घिसिङ भने ( तर, हामी जति माग आएपनि त्यसको व्यवस्थापनका लागि सक्षम छौं ।’

घिसिङले २०७३ सालको लक्ष्मी पूजाकै दिनमा काठमाडौंमा लोडसेडिङ हटाउने योजनाको परीक्षण गरेका थिए । त्यसअनुसार २०७५ वैशाखदेखि उद्योगहरुबाट समेत लोडसेडिङ हटेको थियो ।

घिसिङले भारतमा चर्किएको ऊर्जा संकटका कारण हिउँदयाममा समस्या पर्ने भन्ने बजारको हल्लामा पनि सत्यता नभएको पनि बताए । उनले ४५६ मेगावाटको तामाकोसी जलविद्युत् आयोजना सहित अरु केही नयाँ आयोजना प्रणालीमा थपिएकाले पिक आवरमा माग व्यवस्थापन गर्न समस्या नपर्ने बताएका छन । प्राधिकरणले भारतलाई प्रतिस्पर्धाका आधारमा विधुत बिक्री गर्ने सम्झौता पनि गरेको छ।