back
prabhu insurance
himalayanlife

स्वास्थ्यतर्फ १२औँ तहका लागि पाँच जनाको नाम सिफारिस

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पाँच जना कर्मचारीलाई १२औँ तह (प्रमुख विशेषज्ञ) मा बढुवाका लागि सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त तीन पदका लागि पाँच जनाको नाम सिफारिस गरेको हो।

सिफारिस गरिएकाहरूमा पहिलो नम्बरमा डा. श्यामसुन्दर यादव, दोस्रो नम्बरमा डा. भिमसिंह टिंकरी, तेस्रो नम्बरमा डा. श्रीकृष्ण श्रेष्ठ, चौथो नम्बरमा डा. सङ्गीता मिश्र र पाँचौँ नम्बरमा डा. गुणराज लोहनी रहेका छन् ।

१२औँ तहका रिक्त तीन वटा पदका लागि २१ जनाले निवेदन रहेकोमा कार्य सम्पादन र दुर्गमका आधारमा पहिलोदेखि पाँच नम्बरसम्म सिफारिस गरिएको हो।

सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएकामध्ये सरकारलाई उपयुक्त लागेका तीन जनालाई १२ औँ तहको प्रमुख विशेषज्ञ पदमा बढुवा गर्ने निर्णय गर्ने छ ।