back
stc
prabhu insurance

नबिल बैंक सर्वाधिक कर तिर्ने बैंकका रुपमा सम्मानित

काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुमध्ये अब्बल नबिल बैंक लि. ले फेरि बैंक तथा वित्तीय संस्थाहरुमध्ये राज्यलाई सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित भएको छ।

आज दसौं राष्ट्रिय कर दिवसका अवसरमा आयोजित एक कार्यक्रमबीच आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७६/०७७ मा बैंक तथा वित्तीय कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा नबिल बैंक लि.लाई सम्मान गरेको छ।

कार्यक्रममा अर्थ मन्त्री शर्माले नबिल बैंकका सीईओ अनिल केशरी शाहलाई सम्मानपत्र प्रदान गरेका छन् । यसअघि पनि नबिल बैंक बैंक तथा वित्तीय संस्थाहरु सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित भएको थियो।