back
stc
prabhu insurance

चार सचिवको सरूवा

काठमाडौं । सरकारले चार सचिवको जिम्मेवारी हेरफेर अर्थात सरूवा गरेको छ । गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा रहेका डा.दामोदर रेग्मीलाई युवा तथा खेलकुद मन्त्रालयमा सरूवा गरेर त्यहाँ रविलाल पन्थलाई खटाएको छ । रेग्मी आजै देखि युवा तथा खेलकुद मन्त्रालयमा हाजिर भएका छन् ।

खेलकुद मन्त्रालय डेढ महिनादेखि सचिव बिहिन थियो । तत्कालीन सचिव केदार न्यौपाने ५८ बर्षे उमेर हद लागेर गत असोज १२ गते घर फर्किएसँगै सो मन्त्रालय सचिव बिहिन बन्न पुगेको थियो । डेढ पछि मन्त्रालयले सचिव पाएको छ । गत असारमा सचिवमा बढुवा भएपछि रेग्मीको पदस्थापन गण्डकी प्रदेशमा भएको थियो । पाँच महिनामैं उनलाई युवा तथा खेलकुद मन्त्रालयमा तानिएको छ ।

गण्डकी प्रदेशमा पठाइएका पन्थले यस अघि विभिन्न जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको भूमिका कुशलतापूर्वक निर्वाह गरेका छन् भने लुम्विनी प्रदेशको प्रदेश सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् । गत महिना सचिव बढुवा भएका पन्थलाई कुनै जिम्मेवारी नदिई राखेपछि उनको दैनिकी बनेको थियो,कार्यालय पुग्ने र हाजिर गरेर फर्कनेमा सीमित पारिएको थियो ।

यता कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिवहरुको जिम्मेवारी हेरफेर गरिएको छ । सरकारले कृषि सचिवका जिम्मेवारी डा. गोविन्द प्रसाद शर्मा र पशुपंक्षी सचिवको जिम्मेवारी निरु दाहाल पाण्डेलाई दिएको छ । केही अघिमात्र सचिव पदमा बढुवा भएकी पाण्डेलाई कृषि मन्त्रालयबाट पशुपंक्षीमा सारेर कृषिमा डा. गोविन्द शर्मालाई खटाइएको छ ।