back
stc
prabhu insurance

मेरो माइक्रोफाइनान्सले २०% बोनस पारित गर्न  मंसिर २४ गते वार्षिक साधारण सभा

काठमाडौं । मेरो माइक्रोफाइनान्सले मंसिर २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा गत वर्षको नाफाबाट २०५ बोनस सेयर र कर तिर्न १.०५२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।

साधारण सभा होटल वाटर टावर, बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११ः३० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि मेरो माइक्रोफाइनान्सले मंसिर ९ देखि २४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, मंसिर ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् ।