back
stc
prabhu insurance

बिचौलियाकाे अन्य गरि किसानले उचित मूल्य पाउन अखिल नेपाल किसान यूनियनकाे माग

काठमाडौं । अखिल नेपाल किसान यूनियनले किसानले उचित मूल्य नपाउने र ठगिने, उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने र बिचौलियाबाट किसान र उपभोक्ता सबै ठगिने निरन्तरको बिद्यमान स्थिति अन्त्य गर्न जोडदार माग गरेको छ ।
चाडबाडको मुखमा समेत खाना पकाउने ग्यासको दुई पटक मूल्य बृद्वि गरि प्रति सिलिण्डर रू.५० र रू. ७५ मूल्य बृद्वि गरिनु, पटक-पटक पेट्रोलियम पदार्थको मूल्य बढाइनु, खानेतेल, दाल , चामल सबैको मूल्य आकासिनुले किसान एवं गृहिणी सहित सम्पूर्ण किसान र उपभोक्ता चर्को मूल्यको मारमा पर्नु दुखत भएकाे जनाउदै किसानले आफ्नाे उत्पादनकाे उचित मूल्य नपाउनु विडम्बना भएकाे बताएकाे छ ।
नेपालका किसानले उचित मूल्य नपाउने, नेपाली गुणस्तरिय खाद्यान्न बिक्री नहुने,उता भारतीय उत्पादन बजारमा सहज हुने, उपभोक्ताले महंगाे मुल्यमा खरिद गर्नुपर्ने अवस्था नेपालका किसान र आम उपभोक्ताकाे नियति भएकाे छ।
यसमा कम्युनिस्ट,कांग्रेसका जुनसुकै सरकार आए पनि जनताको ढाड सेक्ने र उनीहरुको उपेक्षा गरेर रमिते भइबस्ने कार्य हुँदै आएको पाइन्छ ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको पछिल्लो बिवरण अनुसार पनि बितेको तीन महिनामा घ्यू तथा तेलमा ३१.६८ प्रतिशत, माछा-मासुमा १२.९३ प्रतिशत, दाल र गेडागुडीमा १०.७१ प्रतिशतले मूल्य बृद्वि भएकाे देखाएकाे छ ।
किसान लगायत आम उपभोक्ताको ढाड नराम्ररी सेक्ने, स्थिर मूल्यको निमित्त आवश्यक उपाय नगर्ने,सम्पूर्ण बोझ किसान र आम उपभोक्ताको टाउकोमा थोपर्ने सरकारको रबैया र उदासीनताप्रति घोर आपत्ति र बिरोध जनाउदै अखिल नेपाल किसान यूनियनले सरकारसँग सार्बजनिक बितरण प्रणाली लागु गर्न, किसान र आम उपभोक्तालाई न्यायोचित मूल्यमा दैनिक उपभोगका खाद्या सामाग्री लगायतका आवश्यक सामाग्री उपलब्ध गराउन र मूल्य स्थिर राख्ने ठोस उपाय गर्न किसान यूनियनले पुनः जोडदार माग गरेको छ ।
साथै किसानले उब्जाएको प्रमुख अन्न बाली लगायतको न्यूननत न्यायोचित मूल्य तोक्न र खरिद गर्ने ठोस ब्यवस्था गर्न पनि यूनियनले बिशेष माग गरेकाे जनाएकाे छ ।