back
stc
prabhu insurance

सानिमा बैंकको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा विस्तार

काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर आज मंसिर ५ गतेदेखि ललितपुरको लगनखेलस्थित कुमारीपाटीमा पनि विस्तार गरेको छ।

आफ्ना प्रायोरिटी ग्राहकको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नका लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको बैंकले जनाएको छ। यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ।

कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको उदघाटन बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र प्रायोरिटी ग्राहक श्याम काजी अवालेले संयुक्त रुपमा गरेका छन्।

उक्त समारोहमा श्याम काजी अवालेले ललितपुर क्षेत्रमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाइ तथा धन्यवाद ज्ञापन गरेका छन ।

यसका साथै बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताएका छन। सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।