नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ४ सय ८ रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ । नेप्सेले कम्पनीको १२.६१ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
सभा प्रयोजनका लागि कम्पनीले आज सोमबार मंसिर ६ गते बुक क्लोज गरेको छ । गत वर्षको नाफाबाट बैंकले १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
बैंकले मंसिर १७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा भिडियो कन्फ्रेन्सको माध्यमबाट पनि सहभागी बन्न सकिने बैंकले जनाएको छ । हाल यस बैंकको सेयर कारोबार रोक्का भएको छ । हिमालयन बैंक र इन्भेष्टमेन्ट एक आपसमा मर्जमा गएकाले दुवै बैंकको वैशाख ३१ गतेदेखि सेयर कारोबार रोक्का भएको हो ।
मर्ज सम्पन्न भएर एकीकृत कारोबार भएपछि अब हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट सेयर कारोबार खुल्नेछ ।
वि.सं.२०७८ मंसिर ६ ०८:३८




















