back
prabhu insurance
himalayanlife

 अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिक अटोे हेटौंडामा पनि सार्वजनिक

हेटौंडा । आजै एक समारोहबीेच अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी) का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रा.लि.ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो हैटौंडामा सार्वजनिक गरेको छ ।

अग्नि इनर्जीका हैटौंडाका लागि आधिकारिक बिक्रेता सेन्ट्रल अटो जोन प्रा.लि का प्रबन्ध निर्देशक राजेन्द्र बाटाजु, यातायात व्यवस्था सेवा कार्यालयका अधिकृत सुरेश कुमार चपाईं, ट्राफिक कार्यालय हेटौंडाका प्रहरी सहायक निरिक्षक दयाराम गौतम, महिन्द्रा एल एम एम का निर्यात प्रमुख हिमांशु अग्रवाल तथा अग्नि इनर्जीका वरिष्ट कार्यकारी व्यवस्थापक प्रमोद पोखरेलको उपस्थितिबिच एक समारोहमा ट्रियो इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्बजनिक गरिएको छ ।