back
stc
prabhu insurance

मिसः नेपाल पेजेन्ट २०२२ को लागि आवेदन खुल्ला

काठमाडौं । मिस नेपाल पेजेन्ट २०२२ को लागि आवेदन खुल्ला गरेको कुरा सधै झै आयोजक गर्दै आइरहेका द हिडन ट्रेजरले औपचारिक रुपमा घोषणा गरेको छ । आवेदन फाराम यही २०२२ मे १४ (बैशाख ३१) सम्म खुल्ला रहने छ ।

मिस नेपाल २०२२ को फाइनल नवनिर्मित ललितपुरको गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा २०२२ जुन १८ (असार ४, २०७९) मा दिनको ४ बजे हुनेछ । मिस नेपाल २०२२ को प्रत्यक्ष प्रशारण कान्तिपुर टिभिले गर्नेछ ।

दुई वर्षको महामारी (२०२०–२०२१) ले यहाँ सौन्दर्य प्रतियोगिता संचालन गर्ने धेरै चुनौतिहरु आए । नेपालमा मात्रै होइन यसको असर विश्वभरी रहयो ।

जसको फलस्वरुप: कुनै देशले पेजेन्ट स्थगित गरियो भने कुनैको रद्द नै गरे । तर, मुस्किल समयमा पनि द हिडन ट्रेजरले सबै कोभिडका नियमहरु पालना गरेर मिस नेपाल पेजेन्ट २०२० संचालन गर्न सफल भयो । जसमा मिस नेपाल वल्र्डको ताज पहिरन नम्रता श्रेष्ठ सफल भइन ।

तर ओमिक्रोन भाइरसको कारण मिस नेपाल २०२१ सम्पन्न गर्न सकेनौं । मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ सहभागि भईन ।

अमेरिकाको प्युरेटो रिकोमा डिसेम्बर १६ मा सम्पन्न हुने मिस वल्र्ड फाइनल हुनुभन्दा दुई दिन अघि केही प्रतियोगिहरुमा कोभिड देखिएको कारण पेजेन्ट रद्द गर्नु परको थियो र त्यसपछि मिस वल्र्ड संगठनले २०७८ साल चैत्र २ गने नयाँ मिति घोषणा गर्यो ।

जसमा शिर्फ उत्कृष्ट ४० लाई मात्रै निमन्त्रणा गरिएको थियो । उत्कृष्ट ४० भित्रै परेकी मिस नेपाल वल्र्ड २०२० नम्रता मिस वल्र्डमा भाग लिएर नेपाल फर्र्किए ।

मिस नेपाल फाइनल पहिलो पटक झण्डै ३००० क्षमताको हलमा सम्पन्न हुने भएको छ । प्रतियोगितामा भाग लिन सहभागिहरु ५ फिट ३ इन्च उचाइको मापदण्ड र उमेर १८ देखि २७ वर्ष कायम गरिएको छ ।

यो वर्ष यस पेजेन्टमा तीनवटा मुख्य टाइटल रहने छ मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल । यस वर्ष मिस नेपालको पेजेन्टलाई अझै फराकिलो बनाउनका लागि ७ प्रदेशमै अडिशनको मिति तोकेको छ यसबाट मिस नेपालमा भाग लिनको लागि सबै भुभागका प्रतिनिधिहरुले सहभागिता जनाउन सक्नेछ ।

वीरगंज, धरान, धनगढी, नेपालगंज, पोखरा, सुर्खेत र काठमाडौंमा अप्रिल २२ देखि मे १० (बैशाख ९ गते देखि २७ गते) सम्म अडिसनको समय तोकेको छ ।

प्रतियोगिहरुको लागि एक महिना लामो विभिन्न विधाका तालिमहरु नेपालका उत्कृष्ट प्रशिक्षकहरुद्वारा प्रदान गरिने कुरा द हिदन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले जानकारी दिनुभएको थियो साथै द हिदन ट्रेजरका पूर्व अध्यक्ष सुवर्ण क्षेत्री र यस वर्षका मुख्य प्रायोजक डावर वाटिकाका हेड अफ माकेर्टिङ्ग अजय प्रसाद गोखार्लीले पनि यस कार्यक्रममा प्रकाश पारेका थिए र कार्यक्रममा मिस नेपाल नम्रता श्रेष्ठले मिस वल्र्डमा भाग लिदाको अनुभव वताएका थिए ।

सो कार्यक्रममा द हिदन ट्रेजरका पूर्व अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, संचालक समितिका सदस्यहरु रुपेश प्रधान, गिरेन्द्र मान राजवंशी, प्रमोद रत्न कंसाकार, सुरेश बहादुर मल्ल र चिफ कोरियोग्राफरमा रचना गुरुङ्ग शर्मा उपस्थित रहेको थियो ।

यसै वर्ष मिस वल्र्ड अर्गनाईजेसन र मिस नेपालका आयोजक द हिदन ट्रेजरको सौहार्दपूर्ण र व्यावसायिक सम्वन्धको २५ औ वार्षिकोत्सव पनि हो ।