नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफा १७.८६% ले बढ्यो
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म आइपुग्दा ६९ करोड ४५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा १७.८६प्रतिशत ले बढी हो ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ५८ करोड ९२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।
खुद ब्याज आम्दानी ३८.०८ प्रतिशत ले बढेर १ अर्ब २९ करोड १३ लाख १६ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १८.७३ प्रतिशत ले बढेर ८३ करोड ५५ लाख ३९ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ५१ पैसा छ ।
वि.सं.२०७९ वैशाख ९ १२:५३


















