back
prabhu insurance
himalayanlife

टोस्टमास्टर्स नेपालको पहिलो नेपाली भाषाको क्लब

काठमाडौँ । नेपाली भाषाको पहिलो क्लब स्थापना गर्दै टोस्टमास्टर्स नेपालले एक ऐतिहासिक शुरुवात गरेको छ । टोस्टमास्टर्स नेपालको ५४ औँ क्लबको रुपमा वैशाख ६ गते मंगलबार नेपालमै पहिलो पटक नेपाली भाषाको सगरमाथा टोस्टमास्टर्स क्लबको स्थापना गरिएको हो ।

डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर डिस्टिङगुइष्ड टोस्टमास्टर रन्जित आचार्यले सगरमाथा टोस्टमास्टर्स क्लबका संस्थापक सदस्यहरु तथा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण गराउनुभएको थियो ।

यस्तै सगरमाथा टोस्टमास्टर्स क्लबका नवनिर्वाचित क्लब अध्यक्ष अनिल केशरी शाहले यस क्लबमार्फत नेपालैभरि यस्तै नेपाली भाषी टोस्ट्मास्टर्स क्लबहरु खोल्न सकिने उदाहरण सिर्जना गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।

क्लबको भाईस प्रेजिडेन्टमा मनिष झा, सरोज बानिँया र नग्मा श्रेष्ठलाई नियुक्त गरिएको छ भने सचिवमा समिर उपाध्यायलाई नियुक्त गरिएको छ । त्यस्तै कोषाध्यक्षमा सुभाष सापकोटा र सर्जेन्ट एट आर्म्समा सरिता श्री ज्ञवालीसहित २४ संस्थापक सदस्यलाई कार्यसमिति सदस्यमा नियुक्त गरिएको छ ।

डिस्ट्रिक्टका नेपाल लिडरहरुले टोस्टमास्टर कार्यक्रमका सम्पूर्ण पक्ष र फाइदाहरूको बारेमा प्रकाश पार्दै नयाँ सदस्यहरूको लागि ओरिएन्टेसन सेसन सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा एरिया N2 का एरिया डिरेक्टर रबिन्द्र प्रधान, डिभिजनN2A का डिभिजन डिरेक्टर डिस्टिङगुइष्ड टोस्टमास्टर सौरभ लोहनी, डिस्ट्रिक्ट पब्लिक रिलेसन म्यानेजर डिस्टिङगुइष्ड टोस्टमास्टर मुन प्रधान र डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डिरेक्टर डिस्टिङगुइष्ड टोस्टमास्टर सुमन शाक्यको उपस्थिति रहेको थियो ।

यो क्लबले सबै क्षेत्रका मानिसहरूलाई संवेदनशील तरिकाले सुन्न, रचनात्मक सोच्न र प्रभावकारी रूपमा बोल्न सिकाउँछ । साथै यसले सहयोगी र सकारात्मक वातावरणमा नेपाली भाषाको अभ्यास र अनुभवबाट सिक्ने अवसर पनि प्रदान गर्छ जसले गर्दा सहभागि सदस्यहरुको सञ्चार र नेतृत्व क्षमता पनि विकास भई उनीहरुको आत्मविश्वास पनि बलियो हुन्छ ।

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २२ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा आउँदो असोज २२ गते आयोजना गर्ने निर्णय गरेको हो।  साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) छन्।  बोनस शेयर वितरणपछि चुक्तापुँजी ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५.७५ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव साधारण सभाले पारित गर्नेछ। बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभाले अनुमोदन गर्नेछ।  साधारण सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।  साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान वा बैंकले अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।  साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।  लाभांश र साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।  असोज ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्। साधारण सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १० बजेबाट सुरु हुनेछ।