back
stc
prabhu insurance

सलमान खान जेठ १२ मा काठमाडौं आउने

काठमाडौं । भारतीय बलिउडका सुपरस्टार महानायक सलमान खान आगामी जेठ १२ गते नेपाल आउने भएका छन् । आगामी जेठ १४ मा ‘दबंग टु नेपाल–रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने कार्यक्रम तय भएको छ ।

आगामी जेठ १२ गते साँझ काठमाडौं ओर्लने खानले जेठ १३ गते चर्चित पर्यटन मन्त्री प्रेमबहादुर आलेसँग माउन्टेन फ्लाइट गर्नेछन् । सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्ट समेत गर्ने कार्यतालिका बनाइएको आयोजक राजिव श्रेष्ठले आर्थिक सञ्जाल अनलाइनलाई जानकारी दिएका छन ।

श्रेष्ठका अनुसार आगामी जेठ जेठ १४ गते साँझ मात्रै दशरथ रंगशाला बलिउड कलाकारसहित स्टेजमा खान पुग्नु अघि अपरान्ह १२ बजेदेखि नेपाली कलाकारले प्रस्तुति दिने छन । बलिउडका अन्य कलाकारसँग नेपाल आउन लागेका खानको यसअघि तय भएको कार्यक्रम कोभिड महामारीका कारण रोकिन पुगेको थियो।