back
stc
prabhu insurance

जेठ १६ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा समय परिवर्तन

काठमाडौँ । कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सुरु हुने भएको छ । जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ ।

यसअघि बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गर्दै सूचना सार्वजनिक गरेको थियो । दिउँसो परीक्षा लिन लागेको भन्दै विरोध भएपछि परीक्षा समय परिवर्तन गरिएको छ ।