काठमाडौं महानगरको मेयरमा सिंहले गरिन् उम्मेदवारी दर्ता
काठमाडौं । काठमाडौं महानगरपालिकामा कांग्रेसका तर्फबाट मेयरमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् । सिंहले आफ्नो दलबलसहित प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
त्यसैगरी उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।
सरकारको नेतृत्व गरिरहेको वर्तमान गठबन्धनको निर्णय अनुसार काठमाडौं ललितपुर र विराटनगर महागनरमा कांग्रेसको भागबण्डामा परेको छ । सोही अनुसार कांग्रेसले सिंहलाई मेयरको उम्मेदवारको रुपमा अघि सारेको हो ।
उनी लामो समय पार्टीका विभिन्न भातृ संगठनमा बसेर काम गरेकी छिन् । उनी कांग्रेस नेता प्रकाशमान सिंह पत्नी समेत हुन् ।
वि.सं.२०७९ वैशाख १२ १३:४४




















