back
stc
prabhu insurance

जानकी फाइनान्सको नाफामा आकर्षक वृद्धि

काठमाडौं । जानकी फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यो गत वर्षको भन्दा २५५.६७ प्रतिशत ले धेरै हो । गत वर्ष यसले १ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ६६.२२प्रतिशत र सञ्चालन नाफा २४५.३५ प्रतिशत ले बढेको छ । यसले गर्दा पनि नाफा बेस्सरी बढेको छ ।

हाल यसको चुक्ता पुँजी ६९ करोड रुपैयाँ रहेको छ । यसको रिर्जभ कोषमा २० करोड ५१ लाख रुपैयाँ रहेको छ । चैतसम्म ३ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेको यसले २ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ १३ पैसा रहेको जानकीकोे प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ६९ पैसा छ ।