हिमालयन जनरल इन्स्योरेन्सको त्रैमासिक समिक्षा कार्यक्रम
काठमाडौं । २०७९ बैशाख ९ र १० गते, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।काठमाडौंको गोकर्ण स्थित गोकर्ण फोरेष्ट रिसोर्टमा आयोजित उक्त कार्यक्रममा कम्पनीका सम्पूर्ण शाखा तथा उप शाखा कार्यालय प्रमुख, प्रादेशिक कार्यालय प्रमुख, विभागिय प्रमुखहरु लगायत कम्पनीका संचालक समितिका अध्यक्ष, संचालकहरु र कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो ।
उक्त अवसरमा कम्पनीको तेश्रो त्रैमासिक अवधिको व्यवसायिक उपलब्धिहरुको व्यापक समिक्षा गरिनुको साथै भावी कार्यक्रमहरु समेतमा छलफल गरियो । कम्पनीले बिशेष गरि नेतृत्व परिवर्तन गरे सँगै व्यवसाय अभिवृद्धिका लागि व्यापक शाखा, उप–शाखा विस्तार लगायतका रणनीति तय गरेको बुझिएको छ ।
गत २०७८ फाल्गुण १ गते देखि वीमा क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएका विजय वहादुर शाहले प्रमुख कार्यकारी अधिकृतको रुपमा उक्त कम्पनीको नेतृत्व सम्हाल्दै आउनु भएको छ भने, संचालक समितिको अध्यक्षमा महेन्द्र कृष्ण श्रेष्ठ रहनु भएको छ ।
नेपालको वीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान र प्रतिष्ठा स्थापित गर्न सफल हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आउँदा दिनहरुमा नेपाली वीमा बजारमा व्यापक उपस्थिति जनाउने इन्स्योरेन्स जनाएको छ ।
वि.सं.२०७९ वैशाख १३ १४:०९


















