आइएमई जनरल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज वैशाख २१ गते बुधबार अन्तिम दिन हो । यसमा बुधबार कार्यालय समयभित्र आवेदन दिन सकिन्छ ।
यसअघि वैशाख २० गते मंगलबरभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो । उक्त दिन सार्वजनिक विदा परेकाले कम्पनीले आजसम्म समय थप गरेको छ । कम्पनीले वैशाख १२ गतेबाट ९१ हजार १९५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।
जसमा सर्वसाधारण समूहको ८८ हजार ९३४ कित्ता र संस्थापक समूहको २ हजार २६१ कित्ता सेयर रहेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।
वि.सं.२०७९ वैशाख २१ १२:०१



















