back
stc
prabhu insurance

साल्ट ट्रेडिङ कर्पोरेसनबाट सेयर धनीलाई राम्रो प्रतिफल वितरण

काठमाडौं। साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले सरकार र निजी क्षेत्रको साझेदारी अर्थात प्राइभेट पब्लिक पार्टनरसिप अन्तर्गत एक सफल र उदाहरण सेवा र उद्योगका रूपमा सञ्चालित हुँदै आएको छ । सरकारी सेवा कम्पनी र उद्योगको कमजोर आर्थिक र वित्तीय अवस्थाबीच साल्ट ट्रेडिङ कम्पनी लि. निजी क्षेत्रको मनोमानीलाई रोक्न एक्लै उभिएको पाइन्छ।

सरकार–निजीक्षेत्रको साझेदारीको उत्कृष्ट नमूनाका रूपमा साल्ट ट्रेडिङ कर्पोरेसन देखिएको छ। खुला बजार नीति र सिद्धान्तमा चलेको नेपाली बजारमा देखिएको कालाबजारी,

मुनाफाखोरी,कृत्रिम अभाव र जथाभावी भइरहेको मूल्यवृद्धि नियन्त्रण गर्न साल्ट ट्रेडिङ कर्पोरेसन लि।ले महत्वपूर्ण भूमिका खेलिरहेको छ।

कर्पोरेशनका विभागिय प्रबन्धक ब्रजेशकुमार झाका अनुसार बजारमा दैनिक उपभोग्य सामाग्री र बस्तुको उच्च संकट,अभाव र मूल्य बृद्वि एवं कालोबजारी भएको समयमा उपभोक्ताको हितमा उभिने साल्ट ट्रेडिङ कर्पोरेसन नै एक मात्र कम्पनी हो।

गुणस्तरीय आयोडिन युक्त नुन, दाल, चामल,मैदा,चिनी,खाने तेल, ग्याँस,मलखादसँगै आफूलाई अघि हिँडाइरहेको साल्ट ट्रेडिङ कर्पोरेसन निजी क्षेत्रसँग प्रतिस्पर्धात्मक व्यापार गरिरहेको छ।

‘स्तरीय, सर्वसुलभ र सुपथ मूल्य’ भन्ने मूल नाराका साथ सेवामुखी अवधारणालाई अझ बल प्रदान गर्न साल्ट ट्रेडिङ कर्पोरेसन प्रतिबद्ध रहेको कम्पनी व्यवस्थापक झाले बताएका छन। उनले कम्पनीले समयअनुसार उपभोक्ताको हितमा काम गरिरहेको दाबी गरेका छन।

कम्पनीले पछिल्ला वर्षहरूमा कृषि विकास केन्द्र मार्फत किसानहरूलाई मलखाद्य, वीउ(विजन, कृषि औजार पनि उपलब्ध गराउन थालेको छ । देशभरि शाखा विस्तार गरिसकेको साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नून, चिनी, घ्यू, तेल, मैदा, पीठो, सुजी, चामल कोइला, सिमेण्ट, ट्रयाक्टर, मेटल डिटेक्टर जस्ता मेसिनरी सामग्री पनि बजारमा आपूर्ति गर्दै आएको छ। यद्यपि साल्ट ट्रेडिङ कर्पोरेसन भित्र थप सुधारको खाँचो भने देखिदै आएको छ।

विगत करिव छ दशकदेखि निरन्तर नेपाली उपभोक्ताहरूलाई दैनिक उपभोग्य सामाग्री सर्वसुलभ र सुपथ मुल्यमा उपलव्ध गराउदै आएको छ।

कर्पोरेसन २०२० साल भदौ २७ गते स्थापना भएको थियो। सुरूमा साल्ट ट्रेडिङ कर्पोरेसनले नेपालमा आयोडिनयुक्त नुन बिक्री(वितरण गरेर आफ्नो व्यापारीक पहिचान बनाएको थियो। ढिके नुनमा निर्भर नेपालमा आयोडिन नुन ल्याउने साल्ट ट्रेडिङ कर्पोरेसन मात्रै एक कम्पनी हो।

कम्पनीले चिनी, ग्यास, तेल,मैदा,आँटा, दाल,ध्यू, मसला जस्ता खाधान्न सहित अहिले सिमेन्ट,मलखाद, कागज, कृषि यन्त्र उपकरण लगायतका पनि बिक्री(वितरण गर्दै आएको छ।

नेपाली बजारमा विस्तारका क्रममा सरकारी स्वामित्वमा कम्पनीहरू स्थापना गरेको तत्कालीन सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन एक विशेष कम्पनीको रूपमा स्थापना गरेको थियो। नेपाली सरकारी संस्थानहरूको आर्थिक र वित्तीय अवस्था कमजोर रहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसन भने आर्थिक रूपमा पनि सफलताका साथ अघि बढिरहेको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनको चुक्ता पुँजी २० करोड नाघेको छ। साल्ट्र ट्रेडिङमा सर्वसाधारणको २१ र सरकारको ७९ प्रतिशत सेयर लगानी रहेको छ। यस कम्पनीले लगानीकर्तालाई बर्सेनि राम्रो लभांश पनि वितरण गरिरहेको छ।

आर्थिक वर्ष २०७५/७६ को कम्पनीले २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कूल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो।

आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ को नाफाबाट पनि कम्पनीले समान शेयरधनीलाई २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत नै लाभांश प्रस्ताव गरेका थियो।

त्यसअघि २०७२/०७३ बाट पनि कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश बितरण गरेको थियो। यसरी सेयर धनीले समेत कर्पोरेसनबाट राम्रो मुनाफा प्राप्त गर्दै आएका छन।