back
prabhu insurance
himalayanlife

सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एस् बी आई बैंकबीच सम्झौता

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एस् बी आई बैंकबीच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एस् बी आई बैंकको तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नेपाल एस् बी आई बैंक को रेमिटान्स सिस्टम बाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५,००० भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी हुने साथै सिटी एक्सप्रेस मार्फत आएको रेमिटेन्स नेपाल एस् बी आई बैंकको सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्ने सम्झौता भएको छ ।

यस सम्झौता मार्फत सम्पूर्ण देश तथा विदेशमा रहनुभएका ग्राहकवर्गहरुले सहज र सुलभ तरिकाले रेमिटान्स कारोबार गर्न सकिने बिश्वास लिइएको छ

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।