मुक्तिनाथ विकास बैंकको सीइओमा प्रद्रयुमन पोखरेलको निरन्तरता
काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः प्रद्रयुमन पोखरेल नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको वैशाख २० गते बसेको बैठकले पोखरेललाई जेठ १ गतेबाट अरु ४ वर्षको लागि सीइओमा नियुक्त गरेको हो । यसअघि पनि मुक्तिनाथमा सीइओ रहेका उनको कार्यकाल पुनः थपिएको हो ।

वि.सं.२०७९ वैशाख २१ १३:५०



















