बार्सिलोनाले सेल्टा डि भिगोलाई ३–१ गोल अन्तरले पराजित
एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई सानदार जित दिलाउनको लागि पिएरे इमरिक औवामियाङको दुई गरे भने डच फरवार्ड मेम्पिस डिपाएले एक गोल थपे । सेल्टाको लागि लागो आस्पास एक गोल फर्काए ।
खेलको ३०औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा औवामियाङले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४८औं मिनेटमा औवामियाङले गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए ।
त्यसको दुई मिनेटपछि लागो आस्पासले एक गोल फर्काए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बार्सिलोनाले जित्यो ।
यो जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३६ खेलबाट ७२ अंक जोडेको छ । पराजित सेल्टा ४३ अंक जोडेर ११औं स्थानमा रहेको छ ।
वि.सं.२०७९ वैशाख २८ १४:१८




















