back
stc
prabhu insurance

माइतीघरमा बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ । एउटा सुन्दरी प्रतियोगितामा एक प्रतिस्पर्धीले आफूमाथि आठ वर्षअघि आयोजकले बलात्कार गरेको घटना सार्वजनिक गरेकी छन् । उनले त्यो घटना सार्वजनिक गरेसँगै काठमाडौँको माइतीघरमा बलात्कारविरुद्धको प्रदर्शन भइरहेको छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटेलमा बोलाएर बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याक मेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको विषय सार्वजनिक भएसँगै माइतीघरमा बलात्कार विरुद्ध प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरूले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनु पर्ने‚ बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्न ‘फास्ट ट्र्याक’ अदालतको स्थापना गर्नुपर्नेलगायत माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘बलात्कार पीडितलाई न्याय दे’‚ ‘दोषीलाई सजाय दे’ लगायत नारा लगाएका छन् ।