back
stc
prabhu insurance

आज रिभर फल्स पावरको आइपीओ बाँडफाँड हुने

काठमाडौं । रिभर फल्स पावरको आइपीओ आज जेठ ९ गते सोमबार साँझ ४ बाँडफाँट हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ । प्रभु क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँटफाँट हुने भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि वैशाख २८ देखि जेठ ४ गतेसम्म कुल २५ लाख ३८ हजार ९०० कित्ता सेयर जारी गरेको हो ।

कुल २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेकामा ५५ अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुला भएको थियो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा २ करोड १२ लाख ५९ हजार ५७० कित्ताका लागि आवेदन परेको छ । यसमा १८ लाख ५० हजार २७७ जना सर्वसाधारणले २ अर्ब १२ करोड ५९ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।

रिभर फल्सको आइपीओ गोलप्रथामार्फत २ लाख ५३ हजार ८९० जना सर्वसाधारणले १० कित्ताको दरले पाउने छन् ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रिभर फल्सको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।