back
prabhu insurance
himalayanlife

अजोड इन्स्योरेन्सको सीइओमा खत्रीकै निरन्तरता

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको पुनःनियुक्तिलाई बीमा समितिले स्वीकृत गरेको छ । कम्पनीको संचालक समितिको  गत बैशाख १५ गते बसेको १०४ औं बैठकको निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको थियो । सोही अनुरुप समितिले उनलाई ४ वर्षको लागि अर्को एक कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

उनको दोस्रो कार्यकाल थप स्वीकृतिका लागि बीमा समितिमा पेश भएअनुसार समितिबाट जेठ ९ गते पत्र प्राप्त भई पुनः ४ बर्ष कार्यकालको पदभार सम्हालेका कम्पनीले जनाएको छ ।

त्रिभुवन बिश्वबिद्यालयबाट ब्यबस्थापन शंकायमा स्नाकोत्तर गरेका खत्रीले नेपाल इन्स्योरेन्स कम्पनीको अधिकृतपदबाट इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेका थिए ।

दुई दशक भन्दा बढी इन्स्योरेन्स क्षेत्रमा काम गरिसकेका खत्रीले नेपाल इन्स्योरेन्स, एन बि इन्स्योरेन्स, आइएमइ जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ब्यबस्थापकीय तहमा रहेर काम गरिसकेको बीमा क्षेत्रमा लामौ अनुभव रहेको छ ।