back
stc
prabhu insurance

नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र शंकर आचार्य नियुक्त

काठमाडौं । नेपाल सरकार र अर्थ मन्त्री जनार्दन शर्माले सबैलाई चकित पार्ने गरि बैंकिङ क्षेत्रका विज्ञलाई नेपाल राष्ट्र बैंकको सञ्चालकमा नियुक्ति गरेर राम्रो काम गरेका छन। राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र डा। शंकर प्रसाद आचार्य नियुक्त भएका छन् ।

मन्त्रिपरिषदले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिवाकोटी र पूर्व कार्यकारी निर्देशक आचार्यलाई सञ्चालक बनाएको छ । वित्तीय तरलता अभाव भैरहेको अवस्थामा विज्ञलाई सञ्चालकमा नियुक्ति गरेर सरकारले धेरै राम्रो निर्णय गरेको भन्दै अर्थशास्त्रीहरूले सरकारको निर्णयको प्रशंसा गरेका छन।

राष्ट्र बैंकका सञ्चालकद्वय श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएपछि सो पद रिक्त रहेको थियो । पौडेल र रेग्मी अर्थशास्त्र,बैंक र वित्तीय क्षेत्रका त्यति ज्ञाता, क्षमतावान र अनुभवी व्याक्ति होइनन। त्यसैले उनीहरूको कार्यकाल त्यति सन्तोषजनक देखिएन।

नवनियुक्त अर्का सञ्चालक आचार्य पनि नेपाल राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक हुन् । उनि नेपाल राष्ट्र बैंकबाट ३० वर्ष काम गरेर अवकाश भएका थिए ।

दुबैको कार्यकाल ५ वर्षको रहनेछ । राष्ट्र बैंकमा ५ वर्षको कार्यकाल सकेर श्रीराम पौडेल र रामजी रेग्मी अवकास भए पछि विगत लामो समयदेखि राष्ट्र बैंकको सञ्चालक पद खालि थियो ।