back
stc
prabhu insurance

सिद्धार्थ बैंकले ४ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंक लि. लाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ।
नेपाल धितोपत्र बोर्डले जेठ २७ गते सिद्धार्थ बैंकलाई ‘एसबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ।

 

 

सेबोनको अनुमतिसँगै अब सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको ऋणपत्र जारी गर्नेछ।

बैंकले कुल इकाइमध्ये २४ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १६ लाख इकाइ सार्वजनिक निष्कासनमार्फत बिक्री गर्नेछ।

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्। सिद्धार्थ बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको जनाएको छ।