back
stc
prabhu insurance

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँड

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँड भएको छ ।

एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यस फण्डको १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई जेठ १९ गतेदेखि जेठ २५ गतेसम्म विक्री खुला गरिएको थियो ।

क्यापिटलले सात वर्षे अवधिको बन्दमुखी योजना सञ्चालनका लागि इकाई विक्री गरेको हो । विक्री खुलाका क्रममा ९५ हजार ९९७ जना आवेदकहरूबाट ८ करोड ६५ लाख ४८ हजार २७० इकाई खरीदको आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ ।

जसमध्ये ६९ जनाको ९ हजार ९५० इकाई खरीदको आवेदन भने रितपूर्वक नभएकाले रद्द गरिएको छ ।

रितपूर्वक आवेदन दिने ९५ हजार ९२९ जना आवेदकहरूलाई बीज पूँजी सहित १० करोड २० लाख इकाई जेठ ३१ गते बाँडफाँड गरिएको क्यापिटलले जानकारी दिएको हो ।