back
stc
prabhu insurance

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगे

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार १ डलरको भाउ (बिक्रीदर) १२५ रुपैयाँ २१ पैसा कायम भएको छ ।  डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  यस्तै, खरिददर पनि १२४ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

यसअघि जेठ ३१ गते मंगलबार १ डलरको भाउ (बिक्रीदर) १२५ रुपैयाँ १६ पैसा र खरिददर १२४ रुपैयाँ ५६ पैसा पुगेर हालसम्मकै उच्च विन्दुमा पुगको थियो । बुधबार डलरको भाउ केही सम्हालिएको थियो ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।