back
stc
prabhu insurance

सवारी साधनको व्यापार सुस्त

काठमाडौं । विगत दुई महिनादेखि सवारी साधनका शोरुम सुनसान छन् । सवारी साधन खरिद गर्ने मानिस शोरुममा कार छनोट गर्न जानै छाडेका छन् ।

यसको मुख्य कारण बजारमा भएको लगानी योग्य रकमको अभाव र मानिसको आम्दानीमा आएको संकुचन हो । मानिसको आम्दानीसँग जोडिएको गाडीको विक्री घट्न थालेसँगै आयातकर्ता कम्पनीहरु निरास बनेका छन् ।

सन् २०२१ मा निकै राम्रो रहेको अटोमोबाइलको ब्यापार २०२२ को सुरुवातदेखि नै मन्दीमा गएको हो । यद्यपि अहिले पनि नगद रकम तिरेर सवारी साधन खरिद गर्न मानिसहरु फाट्टफुट्ट शोरुम पुग्ने गरेका छन् ।

 

 

अहिलेकै अवस्थामा कर्जा प्रबाह गर्न सक्ने अवस्था नरहेको बैंक तथा वितिय संस्थाका प्रमुख कार्यकारी अधिकृत( सिईओ) हरुको भनाई रहेको छ ।

‘अहिले बैंकसँग लगानी गर्ने रकमको अभाव छ । कुनैपनि क्षेत्रमा सहजै कर्जा दिन सक्ने अवस्था नहुँदा सवारी साधन खरिद गर्नेहरूले सहजै कर्जा पाउने अवस्था रहेको छैन ।

गाडीमा सहजकर्जा दिन बजारमा तरलता बढ्नुको विकल्प छैन’, बैंकका प्रमुख कार्यकारी अधिकृतहरू भन्छन ।

कोइरालाका अनुसार असारको अझै १५ दिन बाँकी रहेको र त्यति बेला बजारबाट पैसा उठ्ने हो भने आगामी साउनबाट केही सहज अवस्था आउन सक्छ ।

तर, अहिलेकै अवस्था विश्लेषण गर्दा सहज हुने देखिदैन । बैंकमा आउने ग्राहकलाई सेवा दिन नपाएकोमा बैंकहरु खिन्न छन् भने सवारी साधन विक्री गर्न शोरुम खोलेर बसेका ब्यवसायी निकै निरास भेटिन्छन् । विशेष गरेर आधिकारीक विक्रेताहरुले बनाएको डिलरहरु अहिले सवारी साधन बिक्री नभएर समस्यामा छन ।

सवारी साधन बिक्री गर्ने डिलर लिएर ब्यवसाय गर्दै आएका व्यवसायीहरू अहिले सवारी साधनको धेरै स्टक, बैंकको ब्याज, कर्मचारी खर्च, शोरुम भाडा जस्ता ब्यवसाय टिकाउन चाहिने रकम जोहो गर्न धौ धौ पर्ने अवस्थामा छन।

सरोकारवाला निकायले समस्या समाधानमा कुनै पनि ठोस काम गर्न सकेन । त्यसको मारमा सवारी साधन ब्यवसाय परेको छ । सवारी साधन आयातमा रहेका विभिन्न कम्पनीको समस्याको विषयमा नाडाको फोर ह्वीलर कमिटिले पनि छलफल गरेको छ ।

व्यवसायीको अहिलेको अवस्था, मौद्रिक स्थिति, सवारी साधनको स्टक लगायतका विषयमा आयातकर्ताहरुसँग छलफल भैरहेको बताइएको छ ।

सबैले समस्या धेरै देखेका छन । व्यवसायीहरू कसरी व्यवसाय टिकाउने भन्ने चुनौतीसँग जुधिरहेका छन । गाडीको आयात रोकिनु, कर्जा उपलब्ध नहुनु र शोरुममा गाडी खरिद गर्न चाहने मानिसको उपस्थिति शून्य प्रायः भएसँगै सबै डराउने अवस्था आएको देखिन्छ । यसका बाबजुद पनि आफ्नो व्यवसाय टिकाउनु पर्ने दवाव सबै ब्राण्डलाई परिरहेको छ ।

असारपछिको अवस्था पनि त्यति सहज हुने देखिदैन । अवस्था थप नाजुक बन्ने देखिदैछ । असार मसान्तमा पनि सरकारी ढुकुटीमा नै पैसा जम्मा हुने हो ।

बजारमा पैसा नभएसम्म ब्यापार टिकाउन मुस्किल पर्छ । अहिलेको अवस्था आयातकर्ता, विक्रेता र क्रेता सबैलाई अत्याउने किसिमको देखिन्छ । यो सबै समस्याको मुख्य कारण गाडी खरिद गर्ने मानिसको आम्दानी बढ्न नसक्नु र कर्जा लिन चाहने मानिसले कर्जा पनि नपाउनु हो ।

सवारी साधन व्यवसायीहरूको अवस्था भयावह भएको देखिन्छ । बजारमा तरलता सहज बनाउन ठोस काम कुनै पनि निकायले नगर्दा लगानी योग्य रकमको अभाव थप लम्बिने अवस्था देखिएको छ ।

यसले ब्यवसायमा नै समस्या देखिने अवस्था आएको व्यवसायीहरू बताउछन। अहिलेको अवस्थामा बैंक तथा वित्तिय संस्थाको पनि सबैभन्दा सुरक्षित मध्येको एक कर्जा रहेको अटोमोवाइल क्षेत्र तरलता सहजताको प्रतिक्षामा बस्नुको विकल्प देखिदैन।