back
stc
prabhu insurance

नेपाल बंगलादेश बैंकलाई एक्वायर गर्न नबिल बैंकले पायो राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक एक्वायर गर्न अन्तिम स्वीकृति दिएको छ ।

राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले एक्विजिसनका लागि अन्तिम स्वीकृति दिएको हो । अब कम्पनी रजिष्ट्रारको कार्यालयले पनि स्वीकृति दिएपछि एकीकृत कारोबार प्रक्रिया अघि बढ्नेछ ।

नबिलले नेपाल बंगलादेश बैंकलाई १००ः४३ सेयर स्वाप अनुपातमा एक्वायर गर्न लागेको हो । अर्थात, नेपाल बैंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउने छन् ।

दुवै बैंकको जेठ ७ गते बसेको छुट्टाछुट्टै विशेष साधारण सभाले एक्विजिसन सम्बन्धी प्रस्तावहरु पारित गरेको थियो ।