अर्बौँको चलखेल गरेर आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँ को आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्।
उनले नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्बौँ कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरु लागेको भन्दै आपत्ति जनाए।
प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको होरु भनेर प्रश्न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चारमाध्यमहरुले अघि ल्याउनुपर्ने बताए।
उनले भने, ‘आज पनि फेरि म सुन्दैछु, आयल निगमलाई पनि व्यापारीको हातमा दिने चलखेल भइराखेका छन् रे। यो चलखेलको पछाडि करोड होइन, अर्ब कमाएपछि त्यो नेतालाई कसले छुन सक्छरु त्यो आजीवन राजा हुने भइहाल्यो नि।
यसैमा पनि खेलबाडरु मे के भन्नु चाहन्छु भने ७० वर्ष लडेर यो देशमा बल्लबल्ल व्यवस्था टुंगो लागेको छ। यसलाई पनि काम लागेन भनेर फेर्न खोज्ने काम नगरौँ।’
वरिष्ठ नेता पौडेलले मल जिम्मा व्यापारीलाई दिएपछि कसानले कहिल्यै भनेका बेला मल नमाएको बताए।
उनले भने, ‘कहिल्यै किसानले भनेका बेलामा मल पाएका छैनन्। जहिले पनि मलको हाहाकार किन भयोरु यत्रो हाहाकार किन भइरहेको छ देशमा भन्दा व्यापारीको हातमा तपाईंले दिनुहुन्छ जब। व्यापारीले त नाफा हेर्छ। जतिखेर नाफा हुन्छ, त्यतिखेर मल ल्याउँछ।’
वरिष्ठ नेता पौडेलले किसानहरुलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे। उनले समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरुले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको पटक–पटक दोहोर्याए।
वि.सं.२०७९ असार १६ १४:४५



















